Main News
हत्या आरोपमा मेयरसहित सात जना पक्राउ
२०७९ असार १९ गते १६:३६

१९ असार २०७९ अछाम । अछामको पञ्चदेवल विनायक नगरपालिका वडा नम्बर ४ का विनोद शाही हत्या आरोपमा मेयर अम्बिका चलाउनेसहित ७ जना पक्राउ परेका छन् ।
विनोद शाहीको हत्या आरोप पञ्चदेवल विनायक नगरपालिकाकी नवनिर्वाचित मेयर चलाउनेसहित ७ जना प्रकाउ परेका हुन् ।
यसअघि ५ जनालाई मात्रै प्रहरीले पक्राउ गरेकोमा गएराति चलाउने र नेत्र शाहीलाई पक्राउ गरिएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक मोहनकुमार आर्चायले जानकारी दिनुभयो ।
जिल्ला प्रहरी कार्यालय अछामले घटनाको अनुसन्धान अन्तिम चरणमा पुगेको बताएको छ । जेठ २१ गते बिहान १० बजे गाउँ नजिकैको भिरमा शाहीको शव फेला परेको थियो ।
शाहीको हत्या गरिएको भन्दै मेयर चलाउनेसहित १३ जनाविरुद्ध किटानी जाहेरी परेको थियो ।
प्रतिक्रिया