Main News
महिला कर्मचारी मृत फेला परेपछि केएमसी स्कुलमा तोडफोड (भिडियो रिपोर्टसहित)
२०७९ असार १९ गते १४:०२
१९ असार २०७९ काठमाडौं । काठमाडौंको बुद्धनगरमा रहेको केएमसी स्कुलमा गएराति झुण्डिएको अवस्थामा फेला परेकी रमा रायमाझीको हत्या भएको भन्दै आफन्तले आज स्कुलमा तोडफोड गरेका छन् ।
डेढ वर्षदेखि स्कुलको चमेनागृह क्यान्टिनमा काम गर्दै आएकी २१ वर्षीया रमा हिजो साँझ झुण्डिएको अवस्थामा फेला परेकी हुन् ।
घटना संकास्पद भएको भन्दै परिवारले शव बुझ्न मानेका छैनन् । उनले आत्महत्या गरेको नभइ कसैबाट हत्या भएको परिवारको आरोप छ ।
त्रिवि शिक्षण अस्पताल महाराजगञ्जका फरेन्सिक विशेषज्ञसहितको टोली गएराति नै स्कुल पुगे पनि परिवारले शव उठाउन नदिएपछि पोस्टमार्टम हुन सकेको छैन ।
प्रतिक्रिया