Main News

विमला वलीले पदीय मर्यादाविपरीत काम गरेको छानबिन समितिको निष्कर्ष (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७९ असार १८ गते १८:१०
विमला वलीले पदीय मर्यादाविपरीत काम गरेको छानबिन समितिको निष्कर्ष (भिडियो रिपोर्टसहित)

१८ असार २०७९ बुटवल । लुम्बिनी प्रदेश सरकारकी पूर्वस्वास्थ्य राज्यमन्त्री विमला खत्री वलीले आवेगमा माओवादी कार्यकर्ता एकराज बस्नेतको घरमा गएर पदीय मर्यादा विपरीत काम गरेको छानबिन समितिले निष्कर्ष निकालेको छ ।

सरकारका प्रवक्ता आन्तरिक मामिला तथा सञ्चारमन्त्री तिलकराम शर्मा नेतृत्वको छानबिन समितिले मुख्यमन्त्री कुलप्रसाद केसीलाई बुझाएको प्रतिवेदनमा वलीबाट विवादित व्यक्तिको घरमा गएर पदीय मर्यादा विपरीत आवेगात्मक कमजोरी गरेको उल्लेख छ ।

प्रतिवेदन बुझ्दै मुख्यमन्त्री केसीले मन्त्रीलाई बदनाम गर्न सुनियोजित ढंगले घटना भएको विषय पनि उठेकाले त्यसको पनि छानबिन गरिने बताउनुभयो । प्रतिवेदनको विस्तृत अध्ययन गरेर सरकारले आवश्यक कदम चाल्ने उहाँले बताउनुभयो ।

राज्यमन्त्री वलीले जेठ ३१ गते दाङ तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ५ का एकराज बस्नेतको घरमा पुगेर उहाँकी श्रीमती मीना भण्डारी बस्नेत र उहाँकी छोरीमाथि हातपात गरेकी थिइन् ।

विवादमा आएपछि राज्यमन्त्री वलीले असार १२ गते राजीनामा दिएको र १५ गते राजीनामा स्वीकृत भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *