Main News

आज देशभरको मौसम आंशिकदेखि सामान्य बदली रहने

हिमालय टिभी
२०७९ असार १८ गते ९:१७
आज देशभरको मौसम आंशिकदेखि सामान्य बदली रहने

१८ असार २०७९ काठमाडौं । आज देशभरको मौसम आंशिकदेखि सामान्य बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

पहाडी भू–भागका धेरै ठाउँमा हल्कादेखि मध्यम खालको पानी पर्ने सम्भावना छ भने तराई क्षेत्रका केही ठाउँमा पनि हल्का पानी पर्ने अनुमान गरिएको छ ।

तटीय क्षेत्र तथा डुबान भइरहने होचा क्षेत्रहरू र पहिरोग्रस्त क्षेत्रमा पनि सावधानी अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

देशका मुख्य नदीमा आउँदो तीन दिनसम्म जलसतह सतर्कता तहभन्दा तलै रहने पूर्वानुमान छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *