Main News

मिलेन ओलीको भविष्यवाणी, असार १७ मा भएन उलटफेर

२०७९ असार १७ गते २१:२२
मिलेन ओलीको भविष्यवाणी, असार १७ मा भएन उलटफेर

१७ असार २०७९ काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तहको निर्वाचन अघि असार १७ गते राजनीतिक उलटफेर हुने भविष्यवाणी गर्नुभएको थियो । उहाँको सरकार नै फेरिनेसम्मको भविष्यवाणीमा टिकाटिप्पणी नै भयो । असार १७ गते आइपुग्दा न देउवा सरकार ढल्यो, न ढल्ने संकेत नै देखिन्छ ।

यो एमाले अध्यक्ष केपी शर्मा ओलीले असार १७ गते सत्तारुढ गठबन्धन टुक्रिने र सरकार नै फेरिने भविष्यवाणी गरेको क्यामेरामा रेकर्डेड दृश्य हो । पत्रकार विजयकुमार पाण्डेले लिएको यो अन्तर्वार्ता वैशाख २० गतेतिरको हो । तर, यसको प्रसारण वैशाख २६ गते भएको थियो ।

पत्रकार विजयकुमारसँग भविष्यवाणी गरेका ओलीले वैशाख २२ गते विराटनगरमा पनि यस्तै असार १७ गते उलटफेर हुने भविष्यवाणी गर्नुभएको थियो ।

स्थानीय चुनावको पूर्वसन्ध्यामा ओलीले भविष्यवाणी मात्र गर्नुभएन, प्रधानमन्त्री शेरबहादुर देउवालाई आफ्नो ज्योतिषीसँग परामर्श गर्न पनि सुझाव दिनुभयो ।

ओलीले अन्तर्वार्तामा मात्रै होइन, पार्टीका सार्वजनिक कार्यक्रममा समेत असार १७ गतेका लागि आफूले गरेको भविष्यवाणीबारे चर्चा गर्नुभएको थियो ।

ज्योतिषीको हवला दिँदै गर्नुभएको भविष्यवाणीले एमालेका कार्यकर्ता उत्साहित देखिन्थे भने विरोधीहरूले उडाएर सामाजिक सञ्जाल रंग्याउन व्यस्त भए । उहाँले भविष्यवाणी गरेजस्तो असार १७ सम्म आइपुग्दा सत्तारुढ गठबन्धन भत्किएको छैन नत कुनै राजनीतिक उलटफेरकै संकेत देखिएको छ ।

हो, सत्तारुढ गठबन्धनका घटक जनता समाजवादी पार्टीमा विवाद देखिएको छ । अन्य सत्ता घटकमा सामान्य विवाद मात्र देखिन्छ । माओवादी केन्द्र र एकीकृत समाजवादीले वाम एकताको कुरा गरेपनि खासै ठोस रुप लिएको छैन । त्यसैले ओली भविष्यवाणि हावादारीमात्र भएको बुझ्न कुनै कठिन छैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *