Main News

साँच्चै भयावह नै हो त असार १७ र अबका दिन ? यसो भन्छन् ज्योतिषी (भिडियो रिपोर्टसहित)

२०७९ असार १७ गते २१:०८
साँच्चै भयावह नै हो त असार १७ र अबका दिन ? यसो भन्छन्  ज्योतिषी (भिडियो रिपोर्टसहित)

१७ असार २०७९ काठमाडौं । राजनीतिक दलका नेताहरु कुन ठाउँमा के बोल्ने भन्ने याद गर्दैनन् वा आफूलाई सर्वोच्च ठान्ने मनोवृत्तिले समाजलाई नै त्रसित बनाउने खालका टिप्पणीहरु गर्ने गर्छन् ।

वैशाख २४ र २६ गते अलग–अलग कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीले असार १७ गते उलटफेर हुने भविष्यवाणी नै गर्नुभएको थियो । तर, आज १७ गते ओलीले भनेजस्तो केही भएन । ज्योतिषीय दृष्टिकोणले चाहीँ के छ त अवस्था ?

समाजमा ज्योतिषशास्त्र मान्ने र नमान्ने दुवै पक्ष छन्। आम नागरिकमात्रै नभएर देशको नेतृत्व तहमा पुगिसेका राजनीतिककर्मीहरु त झन ज्योतिषशास्त्रमा बढी नै विश्वास गर्छन् । धर्म नै नमान्ने भन्ने कम्युनिष्ट पार्टीका नेताहरुमा ज्योतिषशास्त्रप्रति बढी नै लगाव रहेको पाइन्छ । त्यसको पछिल्लो उदाहरण नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नै हुनुहुन्छ ।

उहाँले त वैशाखमा मात्रै असार १७ गते देशमा ठूलै उथलपुथल हुने ठोकुवा नै गर्नु भएको थियो । उहाँले भनेजस्तै असार १७ गते राजनीतिक घटनाक्रम परितर्वन भएन । आखिर ज्योतिषशास्त्र अनुसार कस्तो छ त ? ज्योतिषहरुका अनुसार यो वर्षको पूर्वावस्था त्यति गतिलो देखिँदैन् ।

असार १७ पूर्व अर्थात वैशाख, जेठ महिनामा आन्तरिक विवाद, विभाजन र प्राकृतिक विचलन हुने योग रहेको ज्योतिष बताउँछन् । नेता, प्रशासक, शक्तिकेन्द्रहरुबीच परस्पर शत्रुता देखिने, क्षणिक रुपमा निर्णय लिँदा अप्रीय दुर्घटना निम्तिन सक्ने योग रहेको बताइन्छ।

असार १७ गतेदेखि भदौं १ गतेसम्म पनि देशका लागि समय प्रतिकुल नरहेको ज्योतिषहरुको तर्क छ । अचानक घटना हुने, राजनीतिकर्मीबीच आपसी द्वन्द्व, शक्तिकेन्द्रबीचमा खिचातानी निम्तिन सक्ने भविष्यवाणी रहेको छ । साउन १५ गते र सोही महिनाको २१ गते मंगल र राहु ग्रह एकै रेखामा पर्ने भएकाले त्यसले अनिष्ट निम्तिन सक्ने संभावना रहेको ज्योतिषविद्को दाबी छ ।

भदौं महिला तुलनात्मक रुपमा राम्रो मानिएपनि असोज लागिसकेपछि पुनः समस्या सुरु हुने ज्योतिषशास्त्रीको भनाइ छ । वर्षको पहिलो भाग अशुभ रहेको र उत्तरार्ध भने शुभ रहेको ज्योतिषविद्हरुको मत छ ।

असार १७ गतेदेखि भदौ १ गतेसम्म कुनै पनि महत्वपूर्ण कामको शुभारम्भ नगर्न ज्योतिषविद्हरुले शुझाव दिएका छन् । अहिलेको समय देशका लागि मात्रै नभएर व्यक्तिका लागि पनि उपयुक्त नरहेकाले आवश्यक सावधानी अपनाउन ज्योतिषविद्हरुले सुझाव दिएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *