Main News

छुट्टै कानून विश्वविद्यालय स्थापना गर्न कानूनी समस्या हुँदैन: राष्ट्रपति भण्डारी (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७९ असार १७ गते १८:५१
छुट्टै कानून विश्वविद्यालय स्थापना गर्न कानूनी समस्या हुँदैन: राष्ट्रपति भण्डारी (भिडियो रिपोर्टसहित)

१७ असार २०७९ काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले छुट्टै कानून विश्वविद्यालय स्थापना गर्न कानूनी समस्या नहुने बताउनुभएको छ ।

काठमाडौंमा आयोजित नेपाल ल क्याम्पसको स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा राष्ट्रपति भण्डारीले सरकारको १५ औं पञ्चवर्षीय योजनामा विषय आइसकेकाले विश्वविद्यालय स्थापनामा समस्या नहुने बताउनुभयो ।

उहाँले अहिले कायम संरचना र अभ्यासबाट आगामी दिनमा मुलुकका लागि आवश्यक पर्ने कानूनी जनशक्ति विकास गर्न पर्याप्त नहुने बताउनु भयो ।

राष्ट्रपति भण्डारीले कानून शिक्षालाई समय सापेक्ष, व्यवहारिक, अनुसन्धानमुलक, गुणस्तरीय र प्रतिष्पर्धी बनाउँदै लैजानु आवश्यक रहेको बताउनु भयो । कानूनी शिक्षा नै कानूनी शासन स्थापनको आधार भएको बताउनुभयो ।

कार्यक्रममा सर्वोच्च अदालतका कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीले न्यायपालिकाको शुद्धिकरण गरेर अघि बढ्नुपर्ने आवश्यक्ता रहेको बताउनुभएको छ । उहाँले न्यायपालिका सुधारको लागि सरोकारवाला सबै कटिवद्ध हुनुनर्पे बताउनु भयो ।

कायममुकायम प्रधानन्यायाधीश कार्कीले न्यायपालिकामा विकृति र विसंगति आउन नदिन पाठ्यक्रममा पनि नैतिकता विषयहरु समावेश गर्न आवश्यक रहेको बताउनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *