समाज

सिकलसेल रोग उन्मुलनका लागि लुम्बिनी सरकारले कार्यक्रम संचालन गर्ने (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७९ असार १७ गते १८:४०
सिकलसेल रोग उन्मुलनका लागि लुम्बिनी सरकारले कार्यक्रम संचालन गर्ने (भिडियो रिपोर्टसहित)

१७ असार २०७९ बुटवल । लुम्बिनी प्रदेश सरकारले सिकलसेल रोग रोकथाम र उपचारका लागि विशेष कार्यक्रम संचालन गर्ने भएको छ ।

लुम्बिनी प्रदेशको स्वास्थ्य जनसंख्या तथा परिवार कल्याण मन्त्रालयले पत्रकार सम्मेलन गरी सिकलसेलको उन्मुलनका लागि कार्यक्रम गर्ने बताएको हो ।

बच्चा जन्मिने वित्तिकै सिकलसेल भए–नभएको परीक्षण गरिने र सिकलसेल नियन्त्रणका लागि अन्य बाटो खोजिने मन्त्रालयले जनाएको छ ।

तराईका ६ वटा जिल्लाका ८ वटा सरकारी अस्पतालमा सिकलसेल तथा थालेसेमिया रोगको निदान तथा उपचारका लागि परामर्श केन्द्र स्थापना भएका छन् ।

आगामी आर्थिक वर्षका लागि २ करोड बजेट बिनियोजन गरि प्रदेशले नयाँ कार्यक्रम सुरु गरेको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *