समाज

कोल्डस्टोर सञ्चालनमा समस्या, विद्युत अनियमित र चर्को महशुल (भिडियो रिपोर्टसहित)

२०७९ असार १७ गते १८:२८
कोल्डस्टोर सञ्चालनमा समस्या, विद्युत अनियमित र चर्को महशुल (भिडियो रिपोर्टसहित)

१७ असार २०७९ बागलुङ । बागलुङमा रहेको १० कोल्डस्टोरमध्ये ५ वटा मात्र संचालनमा छन् । सञ्चालनमै रहेका कोल्डस्टोर पनि विद्युत अनियमित र चर्को महशुलका कारण समस्यामा छन् ।

बागलुङको काठेखोला गाउँपालिकाको धम्जामा रहेको कोल्डस्टोर । यो कोल्डस्टोर आर्थिक वर्ष २०७५–७६ मा गण्डकी प्रदेश सरकारको सहयोगमा झण्डै २८ लाख रूपैयाँको लागतमा निर्माण भएको हो ।

१० मेट्रिक टन क्षमताको यो कोल्डस्टोर स्थानीय हिउँचुली कृषि समूहले निर्माण गरेको हो । गाउँमा नै कोल्डस्टोर निर्माण भएपछि यहाँका कृषक खुसी बनेका थिए । तर, यो कोल्डस्टोर अहिले गलापासो बनेको छ । विद्युत अनियमित हुँदा र बिजुलीको विल सोचेभन्दा बढी आउँदा किसान समस्यामा परेका छन् ।

उता, निशीखोला गाउँपालिका–२ देवीस्थानमा निर्माण सम्पन्न भएको कोल्डस्टोर त अझै संचालनमा आउनै सकेको छैन । गण्डकी प्रदेश कृषि विकास निर्देशनालयको झण्डै १२ लाख र स्थानीय देवीस्थान सहकारीको साँढे ५ लाख लागतमा निर्माण भएको कोल्डस्टोर संचालनमा आउन नसकेको हो ।

कोल्डस्टोर संचालनका लागि आवश्यक पर्ने ‘थ्रि फेज’ लाईन नहुँदा पाँच सय ९६ घरधुरीका करिब २३ हजार जनसंख्या रहेको यहाँ उत्पादित वस्तुलाई भण्डार गर्न नसक्ने अवस्था छ ।

हालसम्म देवीस्थानमा केन्द्रीय प्रशारण लाईनको विजुली पुगेको छैन । विद्युत विस्तारको काम तीव्रगतिमा भैरहेको प्राधिकरणले जनाएको छ । निर्माण सम्पन्न भई संचालनमा आएका कोल्डस्टोर प्रक्रियाबाट आए ५० प्रतिशत अनुदान दिन सकिने प्राधिकरणको भनाइ छ ।

केही स्थानमा निर्माण भएका कोल्डस्टोर संचालनमा नआउँदा किसानका लागि भण्डारण गर्न समस्या भएको छ । संचालनमा आएका कोल्डस्टोरमा पनि अत्यधिक विद्युत खपत हुँदा चर्को मूल्य तिर्न किसान बाध्य छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *