Main News
धादिङमा भएको बस दुर्घटनामा ३१ जना घाइते
२०७९ असार १७ गते ८:०३

१७ असार २०७९ धादिङ । पृथ्वी राजमार्ग अन्तर्गत धादिङको गल्छी गाउँपालिका – ६ मा बस दुर्घटना हुँदा ३१ जना घाइते भएका छन् ।
काठमाडौंबाट रौतहट जाँदै गरेको प्रदेश ३ – ०१ – ००५ ख ९७२९ नम्बरको बस आज बिहान करिब २ बजेतिर दुर्घटनामा परेको हो ।
दुर्घटनामा घाइते भएकामध्ये सात जनालाई काठमाडौंको ट्रमा सेन्टरमा ल्याइएको छ । अन्यको गल्छी र आदमघाट अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय गजुरीले जनाएको छ ।
बस सडकमै पल्टिएको छ । खाल्डाखुल्डीका कारण बस दुर्घटनामा परेको प्रहरीको अनुमान छ ।
प्रतिक्रिया