Main News

जिडिपीमा कृषिको योगदान घट्दै, अर्थतन्त्रमा ठूलो संकट आउने चिन्ता (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७९ असार १५ गते २०:५०
जिडिपीमा कृषिको योगदान घट्दै, अर्थतन्त्रमा ठूलो संकट आउने चिन्ता (भिडियो रिपोर्टसहित)

१५ असार २०७९ काठमाडौं । पछिल्ला वर्षहरुमा मुलुकको कुल गार्हस्थ्य उत्पादन (जिडिपी)मा कृषिको योगदान घट्दै गएको छ । जीडीपीमा एकतिहाइ योगदान गर्दै आएको कृषि क्षेत्र निरन्तर ओरालो लागेपछि अर्थतन्त्रमै ठूलो संकट आउन सक्ने चिन्ता व्यक्त हुन थालेको छ ।

अर्थतन्त्रको मुख्य हिस्सा मानिएको कृषिको योगदान बार्षिक रुपमा खुम्चिँदै गएको हो । आर्थिक वर्ष २०७८–०७९ मा जिडिपीमा कृषिको योगदान २३ दशमलव ९५ प्रतिशतमा सिमित रहेको छ । यो पछिल्लो १० वर्षयताकै कम हो ।

जबकी आर्थिक वर्ष २०७०–७१ मा कृषि क्षेत्रको योगदान ३० दशमलव ३१ प्रतिशत थियो । त्यसयता कृषि क्षेत्रमा योगदान घट्दो क्रममा रहेको तथ्यांकले देखाउँछ । आर्थिक वर्ष ०७१–०७२ मा कृषि क्षेत्रको योगदान २९ दशमलव ३९ प्रतिशत थियो । ०७२–०७३ मा २८ दशमलव ४३ प्रतिशतमा झर्‍यो ।

यस्तै ०७३–०७४ मा २६ दशमलव ८१, ०७४र०७५ मा २५ दशमलव ६२, आर्थिक वर्ष ०७५–०७६ मा २४ दशमलव ९२ मा सिमित भयो । तर आर्थिक वर्ष ०७६–०७७ मा बढेर २५ दशमलव ९६ प्रतिशतमा उक्लिएको थियो । तर पुनः २०७७ र०७८ मा घटेर २४ दशलमव ९० प्रतिशतमा झर्‍यो ।

जीडीपीमा एकतिहाइ योगदान गर्दै आएको कृषि क्षेत्र निरन्तर ओरालो लागेपछि यस क्षेत्रमा चासो राख्नेहरूले चिन्ता व्यक्त गर्न थालेका छन् ।

बर्सेनी हुने रासायनिक मलको अभाव र आधुनिक कृषिको नाममा गरिएको खण्डीकरणले उत्पादनमा ह्रास आएको हो । सरकारले हरेक वर्ष कृषि क्षेत्र प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम बनाउँछ । बजेट पनि सोही अनुसार बिनियोजन गर्छ । तर त्यो व्यवहारमा पूर्णत कार्यान्वयन हुन नसक्दा कृषि क्षेत्रको योगदान घट्दै गएको जानकार बताउँछन् ।

अर्थतन्त्रको मुख्य हिस्सा कृषि र त्यसमा पनि सबैभन्दा धेरै करिब २० प्रतिशत योगदान दिने धान रोपाईका बेला किसानले कहिले सिंचाईको अपर्याप्तता त कहिले रासायनिक मलको अभाव झेल्ने गरेका छन् । जसका कारण जीडीपीमा कृषिको योगदान घट्दै गएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *