समाज

कंक्रिट भवनको बीचमा खेती गर्दै किसान (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७९ असार १५ गते २०:३१
कंक्रिट भवनको बीचमा खेती गर्दै किसान (भिडियो रिपोर्टसहित)

१५ असार २०७९ कास्की । पोखरामा कुनै समय विभिन्न तालबाट पानी ल्याएर रोपाईँ हुने गर्थ्यो । तर, बजार र बजार वरपर वस्ती विस्तार हुँदा खेती गर्ने जमिन घट्दै गएको छ भने कंक्रिट भवन बढ्दै गएका छन् । त्यही कंक्रिट भवनका बीचमा खाली रहेको थोरै जमिनमा कृषकहरु खेती गरिरहेका छन् ।

एक दशक मात्र पछाडि फर्कने हो भने पनि यहाँ ठूलो धानको फाँट थियो । फेवातालको पानी प्रयोग गरेर रोपाईँ हुन्थ्यो यो जमिनमा । तर, खेती योग्य भूमि मास्दै घर निर्माण भएपछि कास्कीका कृषक कंक्रिटका विल्डिङको बीचमा रहेको थोरै जमिनमा धान रोपिरहेका छन् ।

पोखराका फेवाफाँट, कुँडहर फाँट, विरुवा फाँट, चाउथे, बाँझापाटन, काहुँखोला, हेम्जा लगायतका फाँटमा पनि बाँकी रहेका साना फाँटमा रोपाई भइरहेको छ ।

मध्य असार भैसक्दासमेत गण्डकी प्रदेशमा २० प्रतिशत मात्र धान रोपाईँ भएको छ भने कास्कीमा ५५ प्रतिशत रोपाईँ भएको छ ।

मल तथा सिँचाइ अभाव हुनु एउटा समस्या त हो नै सँगै भएका जमिनमा पनि क्रंक्रिट भवन बनेपछि समस्या झनै बढेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *