Main News
नागरिकतासम्बन्धी विधेयक पारित गर्न नेतृत्व तहमा छलफल (भिडियो रिपोर्टसहित
२०७९ असार १५ गते १८:०५

१५ असार २०७९ काठमाडौं । गृहमन्त्री बालकृष्ण खाणले नागरिकतासम्बन्धी विधेयक पारित गर्न नेतृत्व तहमा छलफल भइरहेको बताउनुभएको छ ।
प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै गृहमन्त्री खाणले नागरिकता विधेयक पारित गर्न सांसदहरुको तहमा र उच्च राजनीतिक तहमा छलफल भइरहेको बताउनुभएको हो ।
गृहमन्त्री खाणले एकीकृत सामाजिक सुरक्षा ऐन बनाउने सम्बन्धमा सरकारले गृहकार्य गर्ने बताउनुभयो ।
उहाँले संसदीय समितिहरुलाई प्रभावकारी बनाउन सरकार सकारात्मक सहयोग गर्न तयार रहेको उहाँको भनाइ थियो ।
प्रतिक्रिया