Main News

१४ वर्षीया किशोरीलाई यौनकार्यमा लगाउने ६ जना पक्राउ

२०७९ असार १५ गते १६:५५
१४ वर्षीया किशोरीलाई यौनकार्यमा लगाउने ६ जना पक्राउ

१५ असार २०७९ ताप्लेजुङ । ताप्लेजुङको फुङलिङमा १४ वर्षीया किशोरीलाई यौनकार्यमा लगाउने ६ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

पक्राउ पर्नेमा ३ होटल सञ्चालक र ३ जना सेवाग्राही रहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी नायव उपरीक्षक (डिएसपी) कैलाश राईले जानकारी दिनुभयो ।

थप अनुसन्धानकै क्रममा रहेकाले पीडकको विवरण गोप्य राखिएको प्रनाउ राईको भनाइ छ । उहाँका अनुसार आरोपीविरुद्ध मुद्दा दर्ता प्रक्रिया पनि शुरु भएको छ ।

तीन जनालाई जबरजस्ती करणी (बलात्कार), दुई जनालाई शरीर बन्धक तथा मानव ओसारपसार र एक जनालाई मतियारको रुपमा उजुरी दर्ता गरेर अनुसन्धान शुरु गरेको डीएसपी राईले जानकारी दिनुभयो ।

आमाको मृत्यु भएको र बाबुले कान्छीआमा ल्याएपछि घरमा बस्ने वातावरण नभएर जिल्लाको विभिन्न होटलमा भाँडा माझेर गुजारा गर्ने क्रममा होटल सञ्चालकले यौन कार्यमा लगाएको बालिकाले प्रहरीलाई बयान दिएकी छन् ।

बालिकाले कहिलेकहिले तल्लो पेट दुख्ने गरेको, दिशापिसाब गर्दा समस्या हुनेजस्ता शारीरिक समस्या हुने गरेको बताएको महिला सेलकी एक प्रहरीले जानकारी दिइन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *