Main News

तार भूमिगत गर्ने घोषणा, तीन वर्ष नाघ्नै लाग्दासम्म किन गति लिन सकेन ? (भिडियो रिपोर्टसहित)

२०७९ असार १५ गते १६:२४
तार भूमिगत गर्ने घोषणा, तीन वर्ष नाघ्नै लाग्दासम्म किन गति लिन सकेन ? (भिडियो रिपोर्टसहित)

१५ असार २०७९ काठमाडौं । काठमाडौंसहित मुख्य शहरका विद्युतीय तार भूमिगत गर्ने सरकारले २०७६ सालबाटै योजना बनाएको थियो । एक वर्षभित्र काम सक्ने सरकारी घोषणा भए पनि तीन वर्ष नाघ्नै लाग्दासम्म कामले गति लिन सकेको छैन ।

तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारका ऊर्जामन्त्री वर्षमान पुनले काठमाडौंको सम्पूर्ण विद्युतीय तार एक वर्षमा भूमिगत गर्ने घोषणा गर्नुभएको थियो ।

काठमाडौं उपत्यकाका विद्युतका तरलाई भूमिगत अर्थात् अन्डरग्राउन्ड गराउने चर्चा चलेको तीन वर्ष हुनै लागेको छ । २०७६ साल असार २३ गतेको राष्ट्रिय सभाको बैठकमा ऊर्जा, जलश्रोत तथा सिंचाइ मन्त्री वर्षमान पुनले उपत्यकामा तार अन्डरग्राउन्डको काम सुरु भएको जानकारी गराउनुभएको थियो ।

त्यसैदिनको बैठकमा उहाँले काठमाडौँको उत्तरी र मध्य क्षेत्रबाट तार अन्डरग्राउन्डको काम शुरु भएको र तीब्र गतिमा काठमाडौं उपत्याकाभर अन्डरग्राउन्ड गरिने जानकारी गराउनुभएको थियो । यति मात्रै होइन उहाँले देशका अन्य भूभागमा पनि तार अन्डरग्राउन्डको लागि आवश्यक अध्ययन शुरु गर्ने भन्नुभएको थियो । त्यसबेला पुनले दिएको यो अभिव्यक्ति सुनौं ।

पुनले राष्ट्रिय सभामा बोलेको यो असार २३ गते ठ्याक्कै तीन वर्ष पुरा हुन्छ । तर, उहाँको त्यो घोषणा काममा परिणत हुन सकेको छैन । एक वर्षमा देशको अन्य ठाउँमा पनि यो काम थाल्ने बताएका पुनले काठमाडौँका मुख्य ठाउँमासम्म लागू भएन । तार अन्डरग्राउन्ड नहुँदा स्थानीयले भने सास्ती खेप्नु परिरहेको छ ।

कोरोना महामारी, काठमाडौँका व्यस्त सडक र विभिन्न सरकारी कार्यालयसँग समन्वय गर्नुपर्ने भएकाले समयमा नै काम सम्पन्न गर्न नसकिएको नेपाल विद्युत् प्राधिकरणको भनाइ रहेको छ । जबकी कोरोना महामारीका बेला भएको लकडाउनलाई सदुपयोग गर्न सक्नेतर्फ प्राधिकरण ध्यानै दिएन । बरु बहानाबाजीको माध्याम पो बनाएको छ ।

तार अन्डरग्राउन्ड गर्ने प्रविधि नेपालमा नयाँ भएकाले सुरुवातमा केही सुस्त गतिमा काम भएको प्राधिकरणका प्रवक्ता भट्टराईको भनाइ छ । काठमाडौँको काम सकेर अनुभव हासिल गरेपछि मात्र अन्य स्थानमा यो काम गर्ने थप योजना बनाउन प्राधिकरणले छाडेको छैन । अहिले त वित्तीय स्रोतको खोजी पनि जारी राखेको प्राधिकरणको अर्को भनाइ पनि आएको छ ।

काठमाडौँ उपत्यकामा एसियाली विकास बैंकको सहयोगमा तार अन्डर ग्राउन्डको काम भइरहेको हो । अन्य केही समस्या नभए काठमाडौँमा आगामी १५ महिनाभित्र सम्पूर्ण तार अन्डर ग्राउन्ड गरिसक्ने प्राधिकरणले दाबी गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *