Main News

एमालेले माग्यो गण्डकी प्रदेश मुख्यमन्त्री पोखरेलको राजीनामा (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७९ असार १५ गते १५:५२
एमालेले माग्यो गण्डकी प्रदेश मुख्यमन्त्री पोखरेलको राजीनामा (भिडियो रिपोर्टसहित)

१५ असार २०७९ गण्डकी । नेकपा एमालेले गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलको राजीनामा मागेको छ ।

गण्डकी प्रदेश सभामा बजेटमाथिको छलफल रोकेर सत्ता गठबन्धनले संसदलाई अनिर्णयको बन्दी बनाएको भन्दै प्रमुख प्रतिपक्ष दल एमाले मुख्यमन्त्रीप्रति रुष्ट भएको हो ।

संसदीय दलका नेता एवम् पार्टी उपमहासचिव पृथ्वीसुब्बा गुरुङले संसदलाई निकास दिन नसक्ने मुख्यमन्त्रीले तत्काल राजीनामा दिनुपर्ने बताउनु भयो । उहाँले अब सरकारले तत्काल छलफल अघि बढाउनुपर्नेमा जोड दिनुभयो ।

बजेटमाथिको छलफल गर्नुको सट्टा आर्थिक वर्ष २०७९–०८० को बजेटको छलफल अर्थ तथा विकास समितिको बैठकमा गर्न खोजेर सरकार विधिको शासन र संसदीय मर्यादाविपरीत अघि बढ्न खोजेको उहाँको आरोप छ।

असार ५ का लागि बोलाइएको संसद बैठक सूचना टाँस गरेर अनिश्चितकालका लागि स्थगित छ । गण्डकीले ३६ अर्ब ९० करोड ९० लाख बराबरको बजेट प्रस्तुत गरेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *