Main News

शुक्रबारदेखि मौसममा सुधार आउने

हिमालय टिभी
२०७९ असार १५ गते ९:२२
शुक्रबारदेखि मौसममा सुधार आउने

१५ असार २०७९ काठमाडौं । मनसुन सक्रिय हुँदा देशभर वर्षा भइरहेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका सबैजसो ठाउँमा हिजोबाट हल्कादेखि भारी वर्षा भइरहेको छ । वरिष्ठ मौसमविद् वरुण पौडेलले यो प्रक्रिया बिहीबारसम्म चल्ने भएकाले सतर्क रहन आग्रह गर्नुभएको छ ।

तराईका जिल्लामा केही दिन अझ बढी वर्षा हुने भएकाले डुबानको जोखिम रहने पौडेलले बताउनुभयो । बिहीबार बेलुका वा शुक्रबार बिहानदेखि भने मौसम क्रमिक रुपमा सुधार हुँदै जाने उहाँले जानकारी दिनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.

यो पनि पढनुहोस्