Main News

८ खर्ब हराएकै हल्लाले राष्ट्र बैंकमा हलचल (भिडियो रिपोर्टसहित)

२०७९ असार १४ गते २०:२४
८ खर्ब हराएकै हल्लाले राष्ट्र बैंकमा हलचल (भिडियो रिपोर्टसहित)

१४ असार २०७९ काठमाडौं । देशको अर्थतन्त्र संकटको अवस्थामा छ । यस्तो अवस्थामा दलका ठूला नेताहरू नै राष्ट्र बैंकबाट पैसा हराएको सार्वजनिक मञ्चबाटै भन्न थालेका छन।

पछिल्लो समय अर्थतन्त्रको तथ्याङ्कभन्दा मिथ्याङ्कको प्रयोग गर्न नेताहरू अग्रपंत्तिमा देखिएका छन् । यस्ता अफवाहले अर्थतन्त्रलाई नै असर गर्ने गरेको छ ।

नरबहादुर कर्माचार्य स्मृति प्रतिष्ठानले सोमबार ललितपुरमा आयोजना गरेको कार्यक्रममा नेकपा एमालेका महासचिव शंकर पोखरेलले एउटा रोचक प्रसंगको नाममा कसले उत्तर दिने हो भन्दै प्रश्न गर्नुभयो । उहाँको प्रश्न थियो, ८ खर्ब रुपैयाँ राष्ट्र बैंकले जारी गरेको तर, त्यो पैसा न बैंकमा छ न त बजारमा नै कहाँ गयो ?

यसरी सार्वजनिक पदमा बसेका नेताहरुले यति गम्भीर प्रश्नको जवाफ सार्वजनिक मञ्चमै सोधेपछि हामी नेपाल राष्ट्र बैंक पुग्यौँ ? हामीले राष्ट्र बैकका प्रवक्ता गुणाकर भट्टलाई नेता पोखेरलेको भनेको सुनायौ ।

यसरी अर्थतन्त्रका विषयमा सार्वजनिक मञ्चमा बोलेको सही नभएको राष्ट्र बैंकको दाबी छ।

कसरी आयो यस्तो गम्भीर प्रश्न ? नेता पोखरेलले भने जस्तै यसको जवाफ राष्ट्र बैंकसँग समेत छैन । बरू राष्ट्र बैंक भन्छ– अहिले ६ खर्ब २१ अर्ब
रूपैयाँ मात्र छ ।

पछिल्लो सयम देशको अर्थतन्त्र संकट उम्मुख छ । अर्थतन्त्रलाई लयमा ल्याउनु सबैको दायित्व भएपनि नेताहरु काल्पनिक कथा बनाएर सार्वजनितिक स्थलमा बोलिरहेका छन । कि यदी हो भने पुष्टि गरेर यथार्थ बाहिर ल्याउन सक्नुपर्छ । त्यसैले बिना अध्ययन र विना प्रमाण अर्थतन्त्रको विषयमा बोल्दा त्यसको असर गम्भीर पर्ने देखिन्छ । यसले नेताहरूको नियतमै प्रश्न उठाउँछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *