Main News

यूएनएचसीआरको कार्यालय अगाडि रोहिंग्या शरणार्थीको प्रदर्शन (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७९ असार १४ गते १८:०४
यूएनएचसीआरको कार्यालय अगाडि रोहिंग्या शरणार्थीको प्रदर्शन (भिडियो रिपोर्टसहित)

१४ असार २०७९ काठमाडौं । रोहिंग्या शरणार्थीले काठमाडौंस्थित संयुक्त राष्ट्रसंघीय उच्च आयुक्त (यूएनएचसीआर)को कार्यालय अगाडि प्रदर्शन गरेका छन् ।

राष्ट्रसंघद्वारा जारी मानव अधिकारसम्बन्धी विश्वव्यापी घोषणापत्र सन् १९८४ ले उल्लेख गरेका अधिकार पूरा हुनुपर्ने माग राख्दै उनीहरुले प्रदर्शन गरेका हुन् ।

घोषणापत्रमा रहेका आर्थिक, सामाजिक, सांस्कृतिक र बालबालिकाको अधिकार सुनिश्चित गर्नुपर्ने उनीहरुको माग छ ।

म्यानमार, श्रीलंका, पाकिस्तान, अफगानिस्तान, सोमालिया, नाइजेरियाबाट शरणार्थीको रुपमा आएका उनीहरुले यूएनएचसीआरले चासो नदिएको गुनासो गरे ।

मानव अधिकारसम्बन्धी विश्वव्यापी घोषणापत्रले उल्लेख गरेका अधिकारलाई यूएनएचसीआरले पालना नगर्दा आफ्ना बालबालिकाको अधिकार हनन भएको उनीहरुको गुनासो छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *