समाज

कर्णाली प्रदेशको विकास खर्च ३० प्रतिशतमै सीमित (भिडियो रिपोर्टसहित)

२०७९ असार १४ गते १७:४४
कर्णाली प्रदेशको विकास खर्च ३० प्रतिशतमै सीमित (भिडियो रिपोर्टसहित)

१४ असार २०७९ सुर्खेत । चालु आर्थिक वर्षको ११ महिनामा कर्णाली प्रदेश सरकारको विकास खर्च ३० प्रतिशत मात्र भयो । मन्त्रालयगत खर्च गत आर्थिक वर्षको भन्दा ३ प्रतिशतले बढेपनि जति अपेक्षा गरिएको थियो सो बराबर खर्च हुन सकेन ।

कर्णाली प्रदेश सरकारले लक्ष्य अनुरुपको विकास खर्च गर्न सकेन । ३६ अर्ब ५७ करोड ९७ लाख रूपैयाँ बिनियोजन गरिकोमा बजेटको ११ अर्ब ५९ करोड ९६ लाख मात्र खर्च भएको छ । यो कुल बजेटको ३० प्रतिशत हो ।

खर्च भएको कुल रकम मध्ये ४० प्रतिशत रकम असार महिनामा मात्र खर्च भएको देखिन्छ । खरिद प्रकिया सम्झौता काम सम्पन्न गरी असारमा मात्र भुक्तानी लिने प्रवृत्तिले खर्च अन्तिम महिनामा बढी देखिएको आर्थिक मामिला तथा योजना मन्त्रालयले जनाएको छ । कानूनी बाधा तथा जनशक्ति अभावजस्ता कारणले खर्च हुन नसकेको मन्त्रालयको दाबी छ ।

कर्णाली प्रदेशमा मन्त्रालयगत खर्चको विवरण हेर्दा सबैभन्दा धेरै आर्थिक मामिला तथा योजना मन्त्रालयले ५४ प्रतिशत र सबैभन्दा कम मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले १५ प्रतिशत खर्च गरेको देखिन्छ ।

कर्णालीका ७९ पालिकाले ४९ प्रतिशत विकास बजेट खर्च गरेका छन् । ३ अर्ब ८२ करोड पालिकाहरुका लागि विनियोजन गरिएको बजेटमध्ये १ अर्ब ६४ करोड मात्र खर्च भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *