राजनीति

वामदेवद्वारा नेकपा एकता राष्ट्रिय अभियान नामक पार्टी घोषणा

हिमालय टिभी
२०७९ असार १४ गते १६:१६
वामदेवद्वारा नेकपा एकता राष्ट्रिय अभियान नामक पार्टी घोषणा

१४ असार २०७९ काठमाडौं । वामदेव गौतम नेतृत्वको नेकपा एकता राष्ट्रिय अभियान पार्टीको १५ सदस्यीय स्थायी कमिटी बनाउने भएको छ ।

पार्टी घोषणा कार्यक्रमपछि गौतम नेतृत्वको पार्टीले सात जना उपाध्यक्ष हुने व्यवस्था गरेको छ । घोषणा अनुसार एक अध्यक्ष, प्रत्येक प्रदेशमा इन्चार्ज बन्नेगरी ७ जना उपाध्यक्ष र एक जना महासचिव हुनेछन् ।

त्यस्तै एक जना उपमहासचिव र एक जना सचिव रहने संयोजक गौतमले जानकारी दिनुभएको छ । साथै ८ सदस्यीय सचिवालय बनाउने भनिएको छ । नेपाल कम्युनिष्ट पार्टी एकता राष्ट्रिय अभियान घोषणा गरेका गौतम पार्टीको संयोजक बस्नुभएको छ भने ७५ सदस्यीय केन्द्रीय सदस्य रहेका छन् ।

नेकपा विभाजन पश्चात् छुट्टै अभियानमा रहेका गौतमले आफू पक्षधरको भेला गर्दै आउनुभएको थियो । नेकपालाई पुनर्जीवित गर्ने प्रयासमा रहेका गौतमले नेकपा एकीकरण हुने अवस्था नबनेपछि नयाँ दल गठन गर्नुभएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्