राजनीति

सरकारमा सहभागी मन्त्रीहरुलाई फिर्ता बोलाउने जसपाको यादव पक्षको निर्णय

हिमालय टिभी
२०७९ असार १४ गते १४:२३
सरकारमा सहभागी मन्त्रीहरुलाई फिर्ता बोलाउने जसपाको यादव पक्षको निर्णय

१४ असार २०७९ काठमाडौं । जनता समाजवादी पार्टी नेपालको विवाद थप चर्किएको छ ।

अध्यक्ष उपेन्द्र यादव पक्षले पार्टीबाट सरकारमा सहभागी मन्त्रीहरुलाई फिर्ता बोलाउने र नयाँ मन्त्री चयन गर्ने अधिकार उपेन्द्र यादवलाई दिएसँगै विवाद उत्कर्षमा पुगेको हो ।

गएराति बसेको उपेन्द्र यादव पक्षीय कार्यकारिणी समिति बैठकले सरकारमा रहेका चारवटै मन्त्रीलाई फिर्ता बोलाउने निर्णय गरेको छ । उपेन्द्र पक्षीय कार्यकारिणी सदस्यहरूको बैठकले नयाँ मन्त्री पठाउने अधिकार उहाँलाई नै दिने निर्णय गरेको ।​

जसपाबाट संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्रप्रसाद श्रेष्ठ, भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणुकुमारी यादव, वन मन्त्री रामसहायप्रसाद यादव र कृषि तथा पशुपंक्षी विकासमन्त्री महिन्द्र राय यादव मन्त्री भएका छन्।

कार्यकारिणीको बैठकमा संघीय परिषद अध्यक्ष डा।बाबुराम भट्टराई पक्षीय नेतालाई बोलाइएको थिएन । कार्यकारिणीमा आफ्नो बहुमत रहेको दाबी गर्दै उपेन्द्र पक्षीय बैठकले भट्टराई, महेन्द्र यादवसहित केही नेताहरूलाई कारबाही गर्ने अधिकार पनि उपेन्द्र यादवलाई दिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्