देशभर मनसुनी वायु सक्रिय, बिहीबारसम्म वर्षाको सम्भावना

१४ असार २०७९ काठमाडौं । देशभर मनसुनी वायु सक्रिय बनेको छ ।
आज बिहान बागमतीको काठमाडौं, कर्णाली र मधेस प्रदेशका एक–दुई स्थानमा तथा बाँकी प्रदेशका केही स्थानमा वर्षा भइरहेको छ ।
दिउँसो प्रदेश १, मधेस, बागमती, गण्डकी, लुम्बिनीका थोरै र सुदूरपश्चिमका एक/दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
राति प्रदेश १, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा भारी तथा एक/दुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ ।
कर्णाली र सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ । भोलि देशका धेरै स्थानमा वर्षाको सम्भावना छ ।
प्रदेश १, मधेश, बागमती, गण्डकी र लुम्बिनीका केही स्थानमा भारी वर्षा र थोरै स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले उल्लेख गरेको छ ।
सुदूरपश्चिमको थोरै स्थानमा भारी वर्षा र कर्णालीका एक/दुई स्थानमा पनि भारी वर्षाको सम्भावना रहेको छ ।
प्रतिक्रिया