Main News

खानेपानीमा देखिएको आर्सेनिक समस्या समाधानमा सरकारले पहल गर्ने (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७९ असार १३ गते १४:२९
खानेपानीमा देखिएको आर्सेनिक समस्या समाधानमा सरकारले पहल गर्ने (भिडियो रिपोर्टसहित)

१३ असार २०७९ काठमाडौं । खानेपानी मन्त्री उमाकान्त चौधरीले तराईका जिल्लाहरुमा खानेपानीमा देखिएको आर्सेनिकसम्बन्धी समस्या समाधानका लागि तीनै तहको सरकारबीच सहकार्य आवश्यक रहेको बताउनुभएको छ ।

राष्ट्रिय सभाको आजको बैठकमा विनियोजन विधेयकमाथि उठेका प्रश्नको जवाफ दिदैँ मन्त्री चौधरीले खानेपानीको गुणस्तर परीक्षणका लागि आगामी आर्थिक वर्षमा विशेष कार्यक्रम ल्याएको उल्लेख गर्नुभयो ।

उहाँले संघीय खानेपानी कार्यालयहरुमा पानी परीक्षणका लागि प्रयोगशाला स्थापना गर्ने बताउनुभयो ।

मन्त्री चौधरीले दीर्घकालीन रुपमा आर्सेनिकमुक्त पानी वितरणका लागि कर्णाली, कोशी, नारायणी, सुनकोशी, मरिण, चतरा लगायतका नदीहरुबाट पानी ल्याई वितरण गर्न आयोजनाको अध्ययन भइरहेको बताउनु भयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *