Main News
आज देशका धेरै ठाउँमा दिनभरजसो झरी पर्ने
२०७९ असार १३ गते ९:२३
१३ असार २०७९ काठमाडौं । आज देशका धेरै ठाउँमा दिनभरजसो नै झरी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
देशका प्रदेश–१, मधेस, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको छ भने राति र भोलि पनि पानी पर्ने अनुमान गरिएको छ ।
गएको जेठ २२ गते नेपाल भित्रिएको मनसुन हिजो सुदूरपश्चिम प्रदेशमा प्रवेश गरेसँगै मनसुन देशभर फैलिएको छ ।
आज र भोलि लगातारजसो पानी पर्ने भएकाले बाढी पहिरोको जोखिमबाट बच्न मौसमविदहरूले आग्रह गरेका छन् ।
प्रतिक्रिया