Main News
हेरफेर भएका मन्त्रीहरुको सपथ ग्रहण आज
२०७९ असार १३ गते ८:५९

१३ असार २०७९ काठमाडौं । सत्तारूढ गठबन्धनका तर्फबाट नेकपा एकीकृत समाजवादीबाट हेरफेर भएका नयाँ मन्त्रीहरूको सपथग्रहण आज हुँदैछ ।
शीतल निवासमा विशेष समारोहकाबीच आज राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त मन्त्रीहरूलाई पद तथा गोपनीयताको सपथ गराउनु हुनेछ ।
बिहान ११ बजे सपथका लागि बोलाइएको जनाइएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले जीवनराम श्रेष्ठलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, मेटमणि चौधरीलाई सहरी विकास, भवानीप्रसाद खापुङलाई बढुवा गर्दै स्वास्थ्य तथा जनसंख्या, शेरबहादुर कुँवरलाई श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री, हिराचन्द्र केसीलाई स्वास्थ्य राज्यमन्त्रीमा नियुक्त गर्नुभएको थियो ।
प्रतिक्रिया