Main News
मन्त्रिपरिषद् पुनर्गठन, एकीकृत समाजवादीका मन्त्री हेरफेर
२०७९ असार १२ गते २०:०६
१२ असार २०७९ काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा नेकपा एकीकृत समाजवादीका नयाँ मन्त्रीहरु समेटेर मन्त्रिपरिषद् पुनर्गठन गर्नु भएको छ ।
नयाँ मन्त्रीहरुमा संस्कृति, पर्यटन तथा नागरिक उड्यननमा जीवनराम श्रेष्ठ, सहरी विकासमा मेटमणि चौधरी, स्वास्थ्यमा भवानी खापुङ, श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्रीमा शेरबहादुर कुँवर र स्वास्थ्य राज्यमन्त्रीमा हिराचन्द्र केसी नियुक्त हुनुभएको छ ।
नयाँ मन्त्रीमा कुँवर गैर सांसद हुुुनुहुन्छ भने खापुङ स्वास्थ्य मन्त्रीमा बढुवा हुनुभएको छ । अन्य मन्त्री भने यथावत हुनुहुन्छ ।
प्रतिक्रिया