मन्त्रिमण्डल हेरफेर नभए प्रधानमन्त्रीविरुद्ध गम्भीर कदम चाल्छौँः झलनाथ खनाल
१२ असार २०७९ काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले नयाँ मन्त्रीको शपथ आज नभए प्रधानमन्त्रीविरुद्धमा गम्भीर कदम चाल्नुपर्ने बताउनुभएको छ ।
आज प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रधानमन्त्री शेरबहादुर देउवाले आज मन्त्रिमण्डल हेरफेर गर्नुपर्ने र पार्टीका केन्द्रीय, पोलिटब्यूरो र सचिवालय बैठकले गरेको निर्णयलाई अस्वीकार गरे गम्भीर कदम चाल्ने चेतावनी दिनुभयो ।
सम्मानित नेता खनालले आफूसँग अब पनि मन्त्रिमण्डल हेरफेर नगरेमा प्रधानमन्त्रीविरुद्ध गम्भीर कदम चाल्नुबाहेकको विकल्प नभएको बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘नयाँ मन्त्रीले सकेसम्म आज शपथ खानुपर्छ । प्रधानमन्त्रीले आज कदम चाल्नुपर्छ । आज पनि कदम चाल्नु भएन, ढिला भयो भने प्रधानमन्त्रीको बारेमा पनि हामीले के गर्नुपर्ने भन्ने सोच्नुपर्छ ।’
फरक प्रसंगमा सम्मानित नेता खनालले मुख्यमन्त्री फेरबदलको कुरा शुरुवाती सम्झौता बमोजिम हुने पनि बताउनु भयो ।
प्रतिक्रिया