Main News
कक्षा ८ सम्मको दिवा खाजाका लागि अर्थ मन्त्रालयले बजेट नदिएको मन्त्री पौडेलको गुनासो (भिडियो रिपोर्टसहित)
२०७९ असार १२ गते १७:३५

१२ असार २०७९ काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले कक्षा ८ सम्मको दिवा खाजाका लागि अर्थ मन्त्रायले बजेट नदिएको गुनासो गर्नुभएको छ ।
राष्ट्रिय सभाको बैठकमा विनियोजन विधेयक २०७९ अतर्गत सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै शिक्षामन्त्री पौडेलले मन्त्रालयले कक्षा ८ सम्म नै दिवा खाजाको माग गरेर अर्थमन्त्रालयलाई पठाए पनि ६ सम्मको लागि मात्रै भनेर आएको बताउनुभयो ।
मन्त्री पौडेलले शिक्षा सम्बन्धी हरेक कुराहरु डिजिटल बनाउन मन्त्रालय प्रतिवद्ध रहेको बताउनुभयो ।
उहाँले सबै क्षेत्रमा पेपरलेस प्रविधि अघि बढाउने कुरा मन्त्रालयको प्राथमिकतामा रहेको बताउनुभयो ।
प्रतिक्रिया