राजनीति

संघ र प्रदेश निर्वाचनमा पनि गठबन्धन आवश्यकः अध्यक्ष नेपाल (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७९ असार ११ गते १६:३१
संघ र प्रदेश निर्वाचनमा पनि गठबन्धन आवश्यकः अध्यक्ष नेपाल (भिडियो रिपोर्टसहित)

११ असार २०७९ काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले संघ र प्रदेशको निर्वाचनमा पनि सत्तारुढ गठबन्धनको आवश्यक्ता रहेको बताउनु भएको छ ।

काठमाडौंमा आज बसेको पार्टी केन्द्रीय कमिटी बैठकमा अध्यक्ष नेपालले स्थानीय तह निर्वाचनमा सत्तारुढ गठबन्धनका कतिपय दलहरुले आफ्नो पार्टीलाई अपमानजनक व्यवहार गरेको भए पनि संघ र प्रदेशको निर्वाचनमा त्यस्तो नगर्ने प्रतिवद्धता जनाएको बताउनुभयो ।

गठबन्धनसँग तालमेल गरेर र आफ्नै बलमा पनि संघ र प्रदेशको निर्वाचनमा पार्टीको पक्षमा जनमत निर्माण हुने गरी सिंगो पार्टी पंक्तिलाई परिचालित हुन निर्देशन दिनुभयो ।

उहाँले स्थानीय तहको निर्वाचनमा पार्टी भित्रकै कमजोरीका कारण अपेक्षित परिणाम आउन नसकेको कुरालाई स्विकार गरेर अघि बढन पार्टीका नेता, कार्यकर्तालाई सचेत गराउनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्