समाज

यसरी समाधान भयो सल्लेको खानेपानी समस्या (भिडियो रिपोर्टसहित)

२०७९ असार ११ गते १६:२६
यसरी समाधान भयो सल्लेको खानेपानी समस्या (भिडियो रिपोर्टसहित)

११ असार २०७९ खोटाङ । खोटाङको हलेसी तुवाचुङ नगरपालिकाका नागरिकलाई खानेपानीमा सहज पहुँच नै मुख्य समस्या रहँदै आएको थियो ।

गाउँमा पानीको हाहाकार मेटाउन गुरुङ धारा खानेपानी योजनाले घरघरमा धारा बनाइदिएपछि वर्षौदेखिको उनीहरुको समस्या समाधान भएको छ ।

खोटाङको हलेसी तुवाचुङ नगरपालिका वडा नम्बर ९ सल्लेका नागरिकलाई घरमै खानेपानीको धारा आउनु सामान्य कुरा थिएन । गाउँका सीमित ठाउँमा भएका धाराले विद्यालय साथै घरपालुवा जनावरका लागि समेत पानीको समस्या थियो ।

पानीको अभावमा स्थानीयबीच नै झगडा हुने गरेको थियो । तर अहिले गुरुङ धारा खानेपानी आयोजना सञ्चालनमा आएपछि सल्लेमा खानेपानीको समस्याको समाधान भएको छ ।

अहिले वडा नम्बर ९ सल्लेको एक विद्यालयसहित माथिल्लो राइटोल र तल्लो राईटोलका ३२ घरधुरी लाभान्वित भएका छन् । सल्लेमा संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाको कार्यालयले ४५ लाख रुपैयाँको लागतमा निर्माण गरिएको मिटर जडित खानेपानी योजना सम्पन्न गरेको हो ।

दैनिक जीवनमा अत्यावश्यक खानेपानीको अभावलाई चिर्न गाउँको अवलोकन पछि तुरुन्तै काम सम्पन्न गरेको आयोजनाको भनाई छ ।

हलेसी तुवाचुङ नगरपालिका आफैंमा सुक्खाग्रस्त क्षेत्र हो । बृहत पम्पिङ खानेपानी आयोजना ठेकेदारको लापरवाहीको कारण अलपत्र हुँदा नगरपालिकाका अन्य धेरै गाउँको खानेपानीको समस्या जस्ताको त्यस्तै छ ।

बृहत पम्पिङ आयोजनाका कारण नगरको बाहुनीडाँडाको लिलिमाबेसीबाट डिकुवाको भुम्जुडाँडा र सल्लेको महादेवबेसीबाट महादेवस्थानको काभ्रेडाँडासम्म पानी पुर्‍याइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *