राजनीति

प्रचण्डका कारण नेकपा विभाजन भएको वामदेव गौतमको आरोप (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७९ असार ११ गते १६:२१
प्रचण्डका कारण नेकपा विभाजन भएको वामदेव गौतमको आरोप (भिडियो रिपोर्टसहित)

११ असार २०७९ काठमाडौं । नेकपा एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमले तत्कालीन अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका कारण नेकपा विभाजन भएको आरोप लगाउनुभएको छ ।

नेकपा एकता राष्ट्रिय अभियानको कार्यक्रममा संयोजक गौतमले अध्यक्ष प्रचण्डले नेकपाका तत्कालीन अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वासको प्रस्ताव ल्याएपछि ओलीले अविश्वास प्रस्ताव प्रस्तुत गर्ने स्थान नै ध्वस्त पारेको बताउनुभयो ।

उहाँले प्रधानमन्त्रीले संसद नै विघटन गर्नु कुनै हिसावमा उचित नभएको बताउनुभयो । उहाँले वामदेवका कारण पार्टी विभाजित भयो भन्ने कुरा केही हदसम्म सत्य रहेकाले आत्मलोचना गरेको बताउनुभयो ।

संयोजक गौतमले ओलीले प्रधानमन्त्री र अध्यक्षमध्ये प्रधानमन्त्री पद छोड्न तयार भइसकेको अवस्थामा पनि प्रचण्डले आरोप फिर्ता नलिँदा पार्टी विभाजन भएको बताउनु भयो । उहाँले अन्तिम बैठकमा अध्यक्ष प्रचण्डले आफूलाई नै सबै दोष दिएपछि आफू मौन बसेको बताउनु भयो ।

गौतमले फेरी एमाले, माओवादी र नेकपा एकीकृत समाजवादी एक हुनु पर्ने बताउनुभयो । राजनीतिक प्रतिवेदन पेश गर्दै गौतमले २०७५ जेठ ३ गते एकता भएर २०७८ भदौमा विभाजन भएको नेकपा फेरि एकता हुनसक्ने आधार प्रस्तुत गर्नुभएको छ ।

राष्ट्रिय सभा सदस्य समेत रहेका गौतमले कांग्रेसलाई सरकारको नेतृत्व दिँदा एमसीसीजस्ता सबैकुरा भित्रिने आरोप लगाउनु भयो । उहाँले एमसीसीलाई संसदबाट अनुमोदन गर्नपनि प्रधानमन्त्री शेरबहादुर देउवाले बाध्य पारेको बताउनु भयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्