Main News
सञ्चारकर्म छाडेका रवि लामिछानेद्वारा राजनीतिक दल घोषणा
२०७९ असार ७ गते १८:४५

७ असार २०७९ काठमाडौं । केही समयअघि सञ्चारकर्म छोडेका रवि लामिछानेले राजनीतिक दल घोषणा गर्नुभएको छ ।
काठमाडौंको राष्ट्रिय सभा गृहमा मंगलबार एक समारोह गरी लामिछानेले राष्ट्रिय स्वतन्त्र पार्टी नामक राजनीतिक दल घोषणा गर्नुभएको हो ।
यसअघि विभिन्न राजनीतिक दलसँग छलफल गरेपछि आफूले नयाँ दल घोषणा गरेको र आगामी निर्वाचनमा सहभागी हुने लामिछानेले बताउनुभयो ।
लामिछानेले राइट टु रिकल एण्ड रिजेक्ट, परिवारवाद निषेध तथा भातृ संगठन र कार्यकर्तारहित लगायत ७ मुख्य बुँदासहित नयाँ दलको घोषणा गर्नुभएको हो ।
लामिछानेले आगामी चुनावमा स्वतन्त्र उम्मेदवारी घोषणा गरेकालाई आफ्नो दलमा आउन आग्रह समेत गर्नुभयो ।
प्रतिक्रिया