Main News

इन्धन खरिदका लागि सस्तो बजार खोज्न योगेशको आग्रह (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७९ असार ७ गते १७:३३
इन्धन खरिदका लागि सस्तो बजार खोज्न योगेशको आग्रह (भिडियो रिपोर्टसहित)

७ असार २०७९ काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य आकासिएसँगै सांसदहरुले खरिदका लागि सस्तो बजार खोज्न सरकारलाई सुझाव दिएका छन् ।

चीन लगायतका देशले रुस–युक्रेन युद्धपछि सस्तो बजार खोजेर पेट्रोलियम पदार्थ लिने प्रयास गरेको उल्लेख गर्दै सांसदहरुले नेपाल सरकारको ध्यानाकर्षण गराएका हुन् ।

नेकपा एमालेका सांसद योगेश भट्टराईले अन्य कतिपय देशरुले पनि पेट्रोलियम पदार्थ खरिदका लागि सस्तो बजार खोजेको बताउँदै नेपाल सरकारले पनि सस्तो बजारको खोजि गर्नुपर्ने बताउनुभयो ।

सांसद भट्टराईले पेट्रोलियम पदार्थमा लगाउँदै आएको कर घटाउन पनि आग्रह गर्नुभयो । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले पेट्रोलियम पदार्थका लागि भारतको विकल्प खोज्नुपर्ने बताउनुभयो ।

यस्तै नेपाली कांग्रका सांसद दिव्यमणि राजभण्डारीले पनि पेट्रोलियम पदार्थ खरिदका लागि सस्तो बजार खोज्न सरकारलाई सुझाव दिनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *