आफ्नो भूभाग चाहियो भन्नु अर्घेल्याई नभएको अध्यक्ष ओलीका टिप्पणी (भिडियो रिपोर्टसहित)
७ असार २०७९ काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो भूभाग चाहियो भन्नु अर्घेल्याई नभएको स्पष्ट पार्नु भएको छ ।
अध्यक्ष ओलीले लिपुलेक, लिम्पियाधुरा र कालापानी सुगौली सन्धि पछि नेपालले भोगचलन गर्दै आएको आफ्नो भूभाग भएको उल्लेख गर्दै त्यो चाहियो भन्नु अर्घेल्याई नभएको प्रष्टयाउनु भएको हो ।
पूर्वराजदुतहरुको समूहले आज काठमाडौंमा आयोजना गरेको एक अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले छिमेक सम्बन्धलाई सुदृढ बनाउनकै लागि आफूले भौगोलिक अखण्डताको सवालमा प्रधानमन्त्री हुँदा भारतसँग उच्चस्तरीय वार्ता गरेको बताउनुभयो ।
उहाँले आन्तरिक राजनीतिक खचपच नभएको भए हालसम्म लिपुलेक, लिम्पियाधुरा र कालापानी नेपालको भूगोल भईसक्ने दाबी गर्नुभयो ।
अध्यक्ष ओलीले हामीले आफ्नो भूगोल चाहियो भन्नु कुनै राष्ट्रसँगको सम्बन्ध विगार्नु नरहेको पनि पटकपटक दोहोर्याउनु भयो । उहाँले सरकार प्रतिपक्षसँग संवादहिनताको अवस्थामा रहेको पनि बताउनुभयो ।
अध्यक्ष ओलीले २०४६ सालको परिवर्तनपछि शेरबहादुर देउवा नेतृत्वको वर्तमान गठबन्धन सरकारले प्रतिपक्षसँग सबै विषयमा संवादहिनताको अवस्थामा पुर्याएको दावी समेत गर्नु भयो ।
कार्यक्रममा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले बेलामौकामा राष्ट्रिय हितमा चुनौतीहरू देखा पर्ने गरेको बताउनुभयो । उहाँले पछिल्लो समय नेपालमा विश्वमा देखिएका भूराजनीतिक बदलाव र त्यसका बाछिटाहरू आउन थालेको भन्दै चिन्ता व्यक्त गर्नुभयो ।
प्रतिक्रिया