राजनीति

विधानअनुसार असार दश गतेभित्र विभाग गठन गर्ने सभापति देउवाको तयारी

हिमालय टिभी
२०७९ असार ७ गते १३:०५
विधानअनुसार असार दश गतेभित्र विभाग गठन गर्ने सभापति देउवाको तयारी

७ असार २०७९ काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले विधानतः असार १० गतेभित्रै पार्टीका विभागहरु गठन गर्ने तयारी गर्नुभएको छ ।

प्रधानमन्त्री समेत रहेका सभापति देउवाले पार्टीका विभागहरु गठन गर्न चासो नदेखाएको भन्दै आलोचना शुरु भएको थियो । महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले समेत ध्यानाकर्षण गराएपछि सभापति देउवा विभाग गठनको तयारीमा जुट्नुभएको हो ।

प्रवक्ता प्रकाशशरण महतले विधानमा भएको व्यवस्था बमोजिम महाधिवेशनको ६ महिनाभित्रै विभाग गठनको तयारीमा सभापति देउवा लागेको जानकारी दिनुभयो ।

१४औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय समिति सदस्यहरुको सपथको ६ महिना असार १० गते पुग्दैछ । शुरुमा १० वटा जति विभाग गठन गर्ने र बाँकी पनि छिट्टै गठन गर्ने तयारीमा सभापति देउवा रहनुभएको छ । कांग्रेसमा २८ वटा विभाग रहेका छन् ।

विभागमा बढीमा ५१ सदस्य हुने प्रावधान छ । प्रमुख, उपप्रमुख, एक सचिव र सदस्यहरुको नियुक्ति पार्टी सभापतिले गर्ने व्यवस्था छ ।

देउवाको अघिल्लो कार्यकालमा विधान विपरीत विभाग बढाइएको भन्दै एक पक्षले विरोध गरेको थियो । चार वर्षे कार्यकाल सकिएपछि देउवाले ४७ सदस्यीय विभाग बनाउनुभएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्