Main News

आज प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै

हिमालय टिभी
२०७९ असार ७ गते ९:२०
आज प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै

७ असार २०७९ काठमाडौं । प्रतिनिधि सभाको बैठक आज पनि बस्दैछ ।

दिउँसो १ बजेका लागि बोलाइएको आजको बैठकमा गृहमन्त्री बालकृष्ण खाणले ‘सामाजिक सुरक्षा (पहिलो संशोधन) विधेयक, २०७९ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस्’ भनी प्रस्ताव प्रस्तुत गर्नुहुने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।

यस्तै, गृहमन्त्री खाणले तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) विधेयक, २०७९ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस्’ भनेर पनि प्रस्ताव प्रस्तुत गर्नुहुनेछ ।

कृषि तथा पशुपन्छी विकास मन्त्री महेन्द्र राय यादवले ‘बिरूवा संरक्षण (पहिलो संशोधन) विधेयक, २०७६ माथि राष्ट्रिय सभाबाट भएको संशोधनमाथि विचार गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्नु हुने सम्भावित कार्यसूची रहेको छ ।

मन्त्री यादवले ‘बिउ बिजन (दोस्रो संशोधन) विधेयक, २०७६ माथि राष्ट्रिय सभाबाट भएको संशोधनमाथि विचार गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्नेु हुनेछ ।

यस्तै, राष्ट्रियसभाको बैठक पनि आज दिउँसो १ बजे बस्ने भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *