खेलकूद

महिला टी–२० क्रिकेटमा आज नेपाल र हङकङ भिड्दै

हिमालय टिभी
२०७९ असार ७ गते ७:३७
महिला टी–२० क्रिकेटमा आज नेपाल र हङकङ भिड्दै

७ असार २०७९ काठमाडौं । मलेसियामा जारी एसीसी महिला ट्वेन्टी–ट्वेन्टी च्याम्पियनसिपमा नेपालले आज हङकङसँग प्रतिस्पर्धा गर्दैछ ।

प्रतियोगिता अन्तर्गत समूह चरणको आफ्नो चौथो तथा अन्तिम खेलमा नेपालले हङकङ खेल्न लागेको हो । क्वालालाम्पुरको किनरारा मैदानमा खेल नेपाली समय अनुसार मध्यान्ह १२ बजे शुरू हुनेछ ।

नेपाल आजको खेल पनि जित्दै अपराजित रहने लक्ष्यमा रहनेछ । नेपालले पहिलो खेलमा भुटानलाई ५० रनले, दोस्रो खेलमा कुवेतलाई २५ रनले र तेस्रो खेलमा बहराइनलाई ८ विकेटले पराजित गरेको थियो ।

समूह बी मा ३ खेलबाट ६ अंकसहित शीर्ष स्थानमा रहेको नेपाल सेमिफाइनलमा प्रवेश गरिसकेको छ । यस समूहमा नेपालसँगै हङकङ, कुवेत, भुटान र बहराइन छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्