समाज

कष्टकर जीवन बिताएकालाई जनप्रतिनिधिको आशा (भिडियो रिपोर्टसहित)

२०७९ असार ६ गते १७:०३
कष्टकर जीवन बिताएकालाई जनप्रतिनिधिको आशा (भिडियो रिपोर्टसहित)

६ असार २०७९ धादिङ । पहिरोबाट विस्तापित भएका धादिङको गजुरी गाउँपालिका चामवास बाह्रविसेका पीडितहरुले स्थायी बासको आशमा बसेको चार वर्शैष बितिसक्यो ।

यस चार वर्षमा उनीहरुले जनप्रतिनिधिबाट आश्वासनसिवाय केही पाएका छैनन् । अहिले निर्वाचित भएका जनप्रतिनिधिबाट उनीहरुले ठुलो आशा राखेका छन् ।

२०७५ साल साउन ५ गते वर्षापछि आएको पहिरोबाट गजुरी गाउँपालिका वडा नम्बर २ स्थित चामवास बाह्रविसेका २१ परिवार विस्तापित भए । वर्षौदेखि बस्दै आएको थातथलो विज्ञले खतरायुक्त भनेपछि उनीहरु चेपाङटारीमा बस्दै आएका छन् ।

थातथलो व्यवस्थित बनाइदिन भनेर अघिल्ला जनप्रतिनिधिलाई बारम्बार ताकेता गरे पनि पीडितले आश्वासनभन्दा केही पाएनन् । बितेको चार वर्ष कष्टकर जीवन बिताएका उनीहरु नयाँ जनप्रतिनिधिले केही गर्छन् कि भन्ने आशमा छन् ।

पहिरो पीडितको समस्या बुझ्ननका लागि गाउँपालिकामा आएका नयाँ नेतृत्वले स्थलगत अनुगमन पनि गरेको छ । उनीहरुले पहिरो पीडितको स्थायी बसोबासका लागि पहल थाल्ने आश्वसन पनि दिए ।

विस्थापित भएकाहरु विभिन्न संघसंस्थाले उपलब्ध गराएका टेन्ट, जस्ता लगायतका सामग्रीहरु प्रयोग गरेर अस्थायी रुपमा बसोबास गरिरहेका छन् । वर्षाको बेला पानी चुहिने र हुरीको बेला छानो उडाउने त्राशमा रहेकाले पुनर्वास खोजेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *