Main News

फेरि बढ्यो सार्वजनिक यातायातको भाडा, कहाँ जान कति ?

हिमालय टिभी
२०७९ असार ६ गते १६:५४
फेरि बढ्यो सार्वजनिक यातायातको भाडा, कहाँ जान कति ?

६ असार २०७९ काठमाडौं । यातायात व्यवस्था विभागले सार्वजनिक गाडीको भाडा पनि बढाएको छ ।

पेट्रोलियम पदार्थको मूल्य बढेपछि विभागले अन्तरप्रदेश यात्रुबाहक तथा मालबाहक गाडीमा अधिकतम ७ दशमलव ७ प्रतिशतसम्म भाडा बढाएको हो ।

यात्रुवाहक सार्वजनिक सवारी साधनमा ५ दशमलव ३० प्रतिशतले भाडा बढेको छ ।

त्यस्तै पहाडी बाटोमा सञ्चालन हुने मालबाहक सवारीमा ६ दशमलव ९४ तथा तराईको बाटोमा चल्ने मालबाहक सवारीमा ७ दशमलव ७ प्रतिशतले भाडा वृद्धि गरिएको विभागले आज जारी गरेको सूचनामा उल्लेख छ ।

स्थानीय रुटमा सञ्चालन हुने यातायातको भाडा भने यथावत रहने विभागले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *