Main News

एमालेद्वारा मूल्यवृद्धिबारे जवाफ दिन सरकारसँग माग

हिमालय टिभी
२०७९ असार ६ गते १४:२०
एमालेद्वारा मूल्यवृद्धिबारे जवाफ दिन सरकारसँग माग

६ असार २०७९ काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)ले मूल्यवृद्धिबारे सरकारको जवाफ माग गरेको छ ।

आज प्रतिनिधिसभा बैठक शुरु हुनेवित्तिकै नेकपा (एमाले)की सचिव एवम् सांसद पदमा अर्यालले मूल्यवृद्धिबारे मन्त्रीले तत्काल जवाफ दिनुपर्ने माग गर्नु भएको हो । त्यसलगत्तै सभामुख अग्नीप्रसाद सापकोटाले त्यस सम्बन्धमा सत्यतथ्य सदनमा प्रस्तुत गर्न सरकारलाई रुलिङ गर्नु भयो ।

सचिव अर्यालले मूल्यवृद्धिका कारण जनताको जीवन कष्टकर बनिरहेको उल्लेख गर्दै मूल्य बढाउनुको कारणबारे मन्त्रीले जवाफ दिनुपर्ने माग गर्नु भयो । उहाँले सरकारले सो जवाफ नदिँदासम्म आफ्नो पार्टीले संसद चल्न नदिने बताउनु भयो ।

सचिव अर्यालले भन्नुभयो, ‘मूल्यवृद्धि गर्दै जनतालाई आहात दिने काम गरेको छ, राहत दिने काम गरेको छैन । त्यसैले यो बेला राहत दिने बेला हो सभामुख महोदय । जनतालाई आहात दिने बेला होइन । आज मूल्यवृद्धिबाट जनताको जीवन जसरी कष्टकर बनिरहेको छ ।’

त्यसलगत्तै एमाले सांसदहरुले उठेर बैठक अवरोध गरेका थिए । सभामुख सापकोटाले सदनको ध्यानाकर्षण भएको भन्दै त्यसको सत्यतथ्यबारे सदनलाई जानकारी सरकारलाई रुलिङ गर्नु भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *