Main News

प्रतिनिधिसभा बैठक आज बस्दै

हिमालय टिभी
२०७९ असार ६ गते ७:२७
प्रतिनिधिसभा बैठक आज बस्दै

५ असार २०७९ काठमाडौं । प्रतिनिधिसभा बैठक आज बस्दैछ ।

एमालेको बहिष्कारका बीच यसअघिको बैठकमा विनियोजन विधेयक पारित भएकोमा आज बजेटसँग सम्बन्धित अन्य आर्थिक विधेयक छलफल गर्ने कार्यसूची छ ।

अर्थमन्त्री जनार्दन शर्माले बजेट बनाउँदा ब्यापारिक घरानाको स्वार्थ पूर्ति गर्ने गरी असम्बन्धित व्यक्तिलाई करको दर हेरफेर गर्न लगाएको आरोपमा एमालेले विरोध गर्दै आएको छ ।

आजको कार्यसूचीमा अर्थमन्त्री शर्माले आर्थिक विधेयक २०७९ छलफलका लागि प्रस्तुत गर्ने उल्लेख छ । सो विधेयकलाई आजै निर्णयार्थ प्रस्तुत गर्ने तयारी छ । यस्तै मन्त्री शर्माले राष्ट्र ऋण उठाउने विधेयक २०७९ पनि आजै प्रस्तुत गर्ने कार्यसूची छ ।

बैठकमा गृहमन्त्री बालकृष्ण खाँणले “नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय) (पहिलो संशोधन) विधेयकलाई विचार गरियोस्” भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने संसद सचिवालयको कार्यसूचीमा उल्लेख छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *