Main News

नैतिकताको पाठ पढाउने माधव नेपाल प्रेम आलेको विषयमा मुकदर्शक किन ? (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७९ असार ५ गते ८:१६
नैतिकताको पाठ पढाउने माधव नेपाल प्रेम आलेको विषयमा मुकदर्शक किन ? (भिडियो रिपोर्टसहित)

५ असार २०७९ काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल जहाँ पुग्नु हुन्छ त्यहिँ नैतिकताको पाठ पढाउन थालिहाल्नुहुन्छ । कतिसम्म भने उहाँले त आफ्नै पार्टीका नेताहरुलाई समेत मर्यादा कायम गर्न निर्देशन नै दिनुभएको थियो ।

त्यतिमात्र होइन, उहाँले प्रधानमन्त्री शेरबहादुर देउवालाई समेत नशाको सुरुमा एसपीपी सम्झौतामा हस्ताक्षर नगर्नभन्दै सचेत गराउनुभयो । तर आफ्नै पार्टीको तर्फबाट सरकारमा सहभागी मन्त्री प्रेम आलेले पटक पटक पदीय मर्यादा नाघ्दा मुक दर्शक बन्नुभएकोछ ।

एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीको तर्फबाट सरकारमा सहभागी मन्त्रीहरुलाई बोलाएर पदीय मर्यादा विपरितका काम कारबाही नगर्न र पार्टीको प्रतिष्ठामा आँच पुग्ने गरि कुनै काम नगर्न निर्देशन् दिनु भएको थियो ।

आफ्ना पार्टीका मन्त्रीलाई मात्रै नभएर नेतारकार्यकर्तालाईसम्म गलत आचरण नगर्न वा आचरण सुधार गर्नसम्म पटक–पटक निर्देशन दिंदै आउनुभएको छ । नेपालले दिएको निर्देशन विपरितका क्रियाकलाप भने एकीकृत समाजवादीको तर्फबाट संस्कृत पर्यटन तथा नागरिक उड्ययन मन्त्री बनेका प्रेम आलेले दोहोर्याउँदै आउनुभएको छ ।

एक जना युवकलाई अश्लिल गाली गरेको भनेर आलोचना खेपेका मन्त्री आले विरुद्ध फेरी त्यस्तै हर्कत दोहोर्याएको आरोप लागेको छ । यस पटक पनि सुन्नै नसकिने शब्दहरु प्रयोग गरी नेपाल वायु सेवा निगमका अध्यक्षलाई गाली गरेको र हातपात गरेको भन्दै एउटा अडियो सार्वजनिक भएको छ । उक्त अडियो मन्त्री आलेको आवाजसंग मिल्छ । अडियो सार्वजनि भएपनि मन्त्री आलेले भने आरोप अस्वीकार गर्नुभएको छ ।

पहिले अडियो सार्वजनिक हुँदा न पार्टीले छानविन गर्यो न प्रधानमन्त्री शेरबहादुर देउवाले नै छानविनको दायरमा ल्याउनु भयो । मन्त्री आलेलाई गंभीर आरोप लागेपनि न पार्टीका अध्यक्ष नेपालले कुनै सोधपुछ गर्ने कष्ट गर्नु भएको छ न प्रधानमन्त्री देउवाले नै आलेका बिषयमा आएका आरोपहरुका बिषयमा बोलाएर कुनै चासो देखाउनु भएको छ । एकीकृत समाजवादीका नेता भने प्रधानमन्त्रीले नै मन्त्री र कर्मचारीबीच भनिएको विवादको बास्तविकता बुझ्नुपर्ने बताउँछन् ।

कतिपयले मन्त्री आलेलाई कारबाही गर्दा उहाँ नजिका कतिपय सांसदहरु पनि चिढिने र देउवा सरकार नै अल्पमतमा पर्ने देखिएकाले कारबाही नभएको आशंका पनि गरेका छन् । मन्त्री आलेले पनि आफूसंग एकीकृत समाजवादी पार्टीको तर्फबाट दर्जनबढि सांसदहरु रहेको दाबी गर्दै आउनु भएको छ ।

मन्त्री जस्तो गरिमामय पदमा बसेको व्यक्तिले पटक पटक आचरण विपरितका क्रियाकलाप गर्दा र अपशब्द प्रयोग गर्दा आम नागरिकमा कस्तो सन्देश जाँला ? फौजदारी अभियोग नै आकर्षित हुने यस्तो अडियो परीक्षण गर्न सरकार किन मौन ? अनि नैतिकताका कुरा गर्ने माधव नेपालको नैतिकता किन देखिदैन ? यस्ता प्रश्नहरु उब्जिएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *