Main News

आज प्रदेश १, मधेस प्रदेश र बागमतीमा चट्याङसहित वर्षा हुने

हिमालय टिभी
२०७९ असार ४ गते ९:०६
आज प्रदेश १, मधेस प्रदेश र बागमतीमा चट्याङसहित वर्षा हुने

४ असार २०७९ काठमाडौं । आज प्रदेश १, मधेस प्रदेश र बागमती प्रदेशमा चट्याङसहित वर्षा हुने भएको छ ।

जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले हाल देशको प्रदेश १, मधेस प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा मनसुनी वायुको सामान्य प्रभाव र अन्य प्रदेशका भूभागमा स्थानीय वायुको तथा भारतको उत्तर प्रदेश र बिहारमा रहेको पूर्व–पश्चिमी न्यून चापीय रेखाको प्रभाव रहेको जनाएको छ ।

हाल प्रदेश १, मधेस प्रदेश र बागमती प्रदेशमा सामान्यदेखि पूर्णतया बदली रही बाँकी प्रदेशका पहाडी भू–भगमा आंशिकदेखि सामान्य बदली रहेको महाशाखाले जनाएको छ । प्रदेश १, मधेस प्रदेश, बागमती प्रदेशका थोरै स्थानमा मेघ गर्जन÷चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

आज दिउँसो प्रदेश १, मधेस प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेश लगायत अन्य प्रदेशका पहाडी भू–भागहरूमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागहरूमा आंशिक बदली रहनेछ ।

प्रदेश १, मधेस प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही र बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । आज राति प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी र लुम्बिनी प्रदेशमा सामान्य बदली तथा बाँकी भू–भागहरुमा आंशिक रहनेछ ।

प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही र बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १ र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ ।

महाशाखाले देशका विभिन्न स्थानमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको हुँदा र यातायात क्षेत्र प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *