Main News

पहिराका कारण अवरुद्ध पृथ्वी राजमार्ग पुनः सञ्चालन

२०७९ असार ४ गते ८:४०
पहिराका कारण अवरुद्ध पृथ्वी राजमार्ग पुनः सञ्चालन

४ असार २०७९ चितवन । पहिराका कारण अवरुद्ध भएको पृथ्वीराजमार्ग सञ्चालनमा आएको छ ।

वर्षासँगै चितवनको इच्छाकामा–४ स्थित घोप्टेभिर र ठाडेखोलामा गए राति ११ बजे पहिरो खस्दा राजमार्ग दुइतर्फी अवरुद्व बनेको थियो । पहिरो हटाएर बिहान २ः३० बजेदेखि यातायात दुइतर्फीरुपमा पुनः सञ्चालन गरिएको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ ।

सङ्घीय राजधानी काठमाडौँ जोड्ने मुख्य राजमार्ग पृथ्वी राजमार्गअन्तर्गत मुग्लिन र कुरिनटारको बीचमा पर्ने घोप्टेभिरमा वर्षासँगै पटक–पटक पहिरो खस्दा सडक अवरुद्ध हुँदै आएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *