Main News

आज प्रदेश १ र मधेस प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना

हिमालय टिभी
२०७९ असार ३ गते ९:०६
आज प्रदेश १ र मधेस प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना

३ असार २०७९ काठमाडौं । आज पनि देशका विभिन्न ठाउँमा पानी पर्ने र एकदुई ठाउँमा ठुलो पानी पर्ने भएकाले सतर्कता अपनाउन मौसमविद्ले सुझाव दिएका छन् ।

विशेषगरी नदी, तटीय क्षेत्र तथा भिरालो जमिन आसपासका बासिन्दालाई उच्च सतर्कता अपनाउन मौसमविद्ले सुझाव दिएका हुन् । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज प्रदेश १, मधेस, बागमती र गण्डकी प्रदेशका केही तथा लुम्बिनी प्रदेशका थोरै र अन्य प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानहरुमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

प्रदेश १ र मधेस प्रदेशका एकदुई स्थानमा भने भारी वर्षाको पनि सम्भावना रहेकाले उक्त प्रदेशहरूको पहाडी भूभागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको महाशाखाले जनाएको छ ।

यस्तै नदीनाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने तथा सडक अवरुद्ध हुनसक्ने भएकाले आवश्यक सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।

हाल प्रदेश १, मधेस, बागमती र गण्डकी प्रदेशमा मनसुनी वायुको सामान्य प्रभाव र अन्य प्रदेशका भू–भागमा स्थानीय वायुको तथा भारतको उत्तर प्रदेश र विहारमा रहेको पूर्व–पश्चिमी न्यून चापीय रेखाको प्रभाव रहेकाले पानी पर्ने क्रम चलिरहने महाशाखाले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *