Main News

प्रतिनिधि सभाको बैठक आज पनि बस्दै

हिमालय टिभी
२०७९ असार २ गते ७:५२
प्रतिनिधि सभाको बैठक आज पनि बस्दै

२ असार २०७९ काठमाडौं । प्रतिनिधि सभाको बैठक आज पनि बस्दै छ।

बैठकमा आगामी आर्थिक वर्ष २०७९–०८० को बजेटमाथिको छलफल जारी रहने छ। दिउँसो १ बजे बस्ने बैठकमा विनियोजन विधेयकमाथिको छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिने कार्यसूची छ ।

आज प्रधानमन्त्री शेरबहादुर देउवाले बजेटमाथि उठेका प्रश्नको जवाफ दिने संभावित कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ।

आजको बैठकमा रक्षा मन्त्रालय, अर्थ मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रिय योजना आयोग, राष्ट्रपति तथा उपराष्ट्रपतिको कार्यालयको तर्फबाट बजेटका सन्दर्भमा उठेका विषयमा जवाफ दिने कार्यसूची छ ।

मन्त्रालयगत जवाफ दिने कार्यक्रम सकिएसँगै बजेट पास हुनेछ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *