Main News

विवादमा विमला : चुम्बनदेखि चड्कनसम्म (भिडियो रिपोर्टसहित)

२०७९ असार १ गते २१:१७
विवादमा विमला : चुम्बनदेखि चड्कनसम्म (भिडियो रिपोर्टसहित)

१ असार २०७९ बुटवल । बेला–बेला आफ्नै व्यवहारका कारण चर्चामा आउने लुम्बिनी प्रदेशका राज्यमन्त्री एव सांसद विमलाकुमारी खत्री वली अहिले पनि चर्चामा हुनुहन्छ ।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको संसद विघटनको समयमा मुख्यमन्त्री कार्यालयमा बन्धक बनाएको विषयले उहाँ चर्चामा हुनुहुन्थ्यो । मन्त्री हुनु अघि एकराज बस्नेतसँग चुम्बन गरेको तस्वीर सामाजिक सञ्जालमा बाहिरिएर चर्चामा रहनुभएका उहाँ अहिले एकराजको घरमा पुगेर श्रीमती तथा नाबालिक छोरीलाई कुटपिट गरेपछि पुनः चर्चामा हुनुहुन्छ ।

लुम्बिनी प्रदेशका स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री एवं सांसद बिमलाकुमारी खत्री वली । श्रीमान उत्तरकुमार वलीको सवारी दुर्घटनामा परेर मृत्यु भएपछि दाङको निर्वाचन क्षेत्र नम्बर ३ को ‘ख’ मा एमालेले विमलालाई उम्मेद्वार बनायो । विमलाले निर्वाचनमा जीत पनि हासिल गर्नुभयो । निर्वाचित भएपछि उहाँले आफ्ना श्रीमान् उत्तमकुमार वलीको सपना पूरा गर्ने बताउनुभएको थियो ।

उहाँको श्रीमान् उत्तरकुमार वली नेकपा एमालेका महासचिव तथा लुम्बिनी प्रदेशका निवर्तमान मुख्यमन्त्री शंकर पोखरेलका विश्वास पात्र हुनुहुन्थ्यो । उत्तरको निधनपछि तत्कालीन नेकपाबाट जितेकी विमलाकुमारीले नेकपा विभाजनपछिको राजनीतिक यात्रा माओवादी केन्द्रबाट थाल्नुभयो । त्यति बेला सत्ताको जोडघटाउ चलिरहँदा मुख्यमन्त्री कार्यालयमा आफूलाई बन्धक बनाएको अभिव्यक्ति दिनुभएको थियो ।

सूर्य चुनाव चिन्हबाट विमलाले चुनाव जित्नुभएको भएपनि माओवादी केन्द्र रोजेपछि गठबन्धनको तर्फबाट मन्त्री बन्नु भएको हो । मन्त्री बनेको केही दिनमै एकराज बस्नेत र विमला ओलीको चुम्बन गरेको फोटो सामाजिक सञ्जालमा फैलिएको थियो । आफूलाई बदनाम गराउन यस्तो गरिएको भन्दै आलोचना गर्नुभएको थियो । तर, उनै एकराजको घरमा पुगेर एकराज मेरो श्रीमान् हो भन्दै श्रीमती मीना भण्डारी बस्नेत र छोरीलाई हातपात गर्नुभयो ।

मुख्यमन्त्रीको दवावमा वुटवल आइपुग्नु भएकी विमला अस्पताल भर्ना हुनुभएको छ । यता, प्रदेश सरकारले घटनाको छानविन गर्न आन्तरिक मामिला तथा सञ्चार मन्त्री तिलकराम शर्माको नेतृत्वमा तीन सदस्यीय समिति गठन गरेको छ ।

स्वास्थ्य राज्यमन्त्री वलीलाई तत्काल पदबाट बर्खास्त गर्न नेकपा एमालेले माग गरेको छ । अब छानविन समितिले कस्तो प्रतिवेदन तयार गर्छ त्यो भने हेर्न बाँकी छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *