Main News

मेलम्चीको पानी काठमाडौंमा झर्न नपाउँदै बन्द, खानेपानीका अन्य स्रोत खोज्दै सरकार (भिडियो रिपोर्टसहित)

२०७९ असार १ गते २१:०९
मेलम्चीको पानी काठमाडौंमा झर्न नपाउँदै बन्द, खानेपानीका अन्य स्रोत खोज्दै सरकार (भिडियो रिपोर्टसहित)

१ असार २०७९ काठमाडौं । मेलम्चीको पानीको सपना देखाएको ३० वर्ष हुँदासमेत काठमाडौंबासीले पानी पाउन सकेका छैनन् । तर सरकारले फेरि खानेपानी आपूर्तिका लागि मेलम्चीको विकल्पको रुपमा मकनवापुरको सिस्नेखोला, लतिलपुरको ठोस्ने र भक्तपुरको महादेव खोलाबाट पानी ल्याउन अध्ययन शुरु गरेको छ ।

काठमाडौंका जनताले मेलम्चीको पानीको सपना देखेको ३ दशक बितिसकेको छ । मेलम्चीको पानी ल्याउनका लागि अहिलेसम्म करिब ३३ वर्ष भन्दा बढी खर्च सकेको छ । निकै लामो पर्खाइपछि गत वर्ष काठमाडौं झरेको मेलम्चीको पानी बाढीले पुनः प्रभावित भयो र मर्मत गरेर फेरि खसालेको पानी अहिले बाढीको जोखिमका कारण मुहानबाटै बन्द गरिएको अवस्था छ ।

यहीबीचमा सरकारले फेरि खानेपानी आपूर्तिका लागि मेलम्चीबाहेक काठमाडौं वरपरका स्रोतका रुपमा मकवापुरको सिस्नेखोला, लतिलपुरको ठोस्ने र भक्तपुरको महादेव खोलाबाट पनि पानी ल्याउन अध्ययन सुरु गरेको हो । गत वर्ष मेलम्चीको बाढीले क्षति गरेपछि त्यसको विकल्पको रुपमा समेत अध्ययन शुरु भएको हो ।

अध्ययनबाट सिस्नेखोलाबाट करिब १४ करोड लिटर पानी उपत्यका ल्याउन सकिने देखिएको छ । वर्षाको समयमा मेलम्चीको पानी ल्याउन कठिन हुने भन्दै वैकल्पिक स्रोतको रुपमा यो परियोजनाको अध्ययन गरिएको हो ।

यस्तै ललितपुरकै ठोस्नेखोलाबाट ५ करोड लिटर र भक्तपुरको महादेव खोलाबाट करिब १ करोड ५० लाख लिटर पानी ल्याउन सकिने अध्ययनमा देखिएको छ । तर विषेशगरी मकवापुरको सिस्नखोलाको पानीको स्रोत धेरै रहेको र फास्ट ट्राकको बाटो हुँदै काठमाडौं ल्याउन सहज हुने अध्ययनले देखिएको छ ।

मेलम्चीको खानेपानी ल्याउन सरकारले कयौँ वर्ष समय र कयौँ अर्ब रुपैयाँ खर्च गरेको छ । तर वर्षौँको तिर्खा मेटिने अपेक्षा गरिएको पानी काठमाडौंमा झर्न नपाउँदै बन्द भएको छ ।

फेरि खानेपानीका अरु स्रोतहरु खोजी गरिरहँदा यीनको हालत पनि यस्तै हुने हो कि ? भन्ने आशंका आम रुपमा छ । यसर्थ खानेपानीका लागि गरिएका प्रयासहरुलाई दिगो बनाउने कुरामा सरकार कति जिम्मेवार हुन्छ भन्ने प्रश्न नै मुलभूत रुपमा महत्वपूर्ण देखिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *