Main News

एसपीपीको विषयमा नेपाली कांग्रेसभित्रै मतभेद (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७९ असार १ गते २१:०१
एसपीपीको विषयमा नेपाली कांग्रेसभित्रै मतभेद (भिडियो रिपोर्टसहित)

१ असार २०७९ काठमाडौं । अमेरिकाको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) को विषयलाई लिएर सत्ताको नेतृत्व गरिरहेको दल नेपाली कांग्रेसमै मतभेद देखिएको छ । एसपीपी सैन्य सहकार्य हो की होइन भन्नेमै कांग्रेसमा फरक फरक मत देखिन्छ ।

सरकार अमेरिकाको स्टेट पार्टनरसिप प्रोग्राममा समावेश हुन लागेको भन्दै संसदमा सत्तारुढ दलकै सांसदहरुले असन्तुष्टि जनाइरहेका छन् । उनीहरुले त्यसो गर्नु असंलग्न परराष्ट्र नीति विपरित हुने बताइरहँदा परराष्ट्रमन्त्री डा।नारायण खड्काले भने संसदमै एसपीपीको बचाउ गर्नुभयो । उहाँले एसपीपी सैन्य गठबन्धन नभएको दाबी गर्नुभयो ।

कांग्रेसबाटै परराष्ट्रमन्त्री बनेका खड्काले एसपीपीमा सामरिक स्वार्थ नरहेको बताइरहँदा महामन्त्री गगन थापाले भने एसपीपीमा सामरिक स्वार्थ रहेको बताउनुभयो । अन्य देशको सेना संलग्न हुने कुनै पनि साझेदारी कार्यक्रममा नेपाल सहभागी हुन नहुने भन्दै थापाले एसपीपीबारे आफ्नै पार्टी सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवासँग जवाफ माग्नुभयो ।

अमेरिकी सहयोग परियोजना एमसीसीको पक्षमा खुलेर देखिएका थापा एसपीपीमा भने विपक्षमा देखिनु भएको छ । तर प्रधानमन्त्री देउवाले एसपीपीबारे केही बताइसक्नुभएको छैन ।

सत्तागठबनधनका माओवादी केन्द्र र प्रमुख प्रतिपक्षी नेकपा एमालेले विरोध गरिरहँदा एसपीपीको विपक्षमा कांग्रेसभित्रैबाट पनि आवाज उठ्नुले प्रधानमन्त्री र प्रधानसेनापतिको आसन्न अमेरिका भ्रमणका क्रममा एसपीपीमा सहभागी नहुन दबाब बढेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *